इटहरी/ इटहरीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा सुदुर पश्चिमाञ्चल र एपीएफ विजयी हुँदै सेमी फाइनलमा प्रवेश गरेका छन्् । आइतबार सम्पन्न खेलमा सुदुर पश्चिमाञ्चले मध्यमाञ्चललाई र एपीएफले पश्चिमाञ्चललाई पराजित गर्दै सेमी फाइनलको यात्रा तया गरेका हुन् ।
पहिलो खेलमा पहिला व्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा सवै विकेट गुमाउँदै ७१ रन बनाएको थियो । जसमा सिता श्रेष्ठले १७ र शान्ति खतिवडाले १३ रन बनाएका थिए । सुदुरपश्चिमाञ्चलको लागि रेखा रावल, पविता कुँवर र अञ्जली चन्दले २ ÷२ विकेट लिएका थिए । ७२ रनको लक्ष्य पक्ष्याएको सुदुर पश्चिमाञ्चलले १९ ओभर एक वलमा ८ विकेट गुमाउँदै विजयी लक्ष्य पुरा गरेको थियो । सुदुर पश्चिमाञ्चलका लागि प्लयेर अफ द म्याच अन्जनी चन्दले १२ र सुस्मा खड्काले १० रन बनाए ।
यसै गरी दोस्रो खेलमा एपीएफले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ११ रन बनाएको थियो । जसमा सिता राना मगरले ४७ र रितु कनजीयाले २७ रन बनाएका थिए । पश्चिमाञ्चलको लागि सिता थापा, अलिसा केसी र सरस्वती पुनले १÷ १ विकेट लिएका थिए । १ सय १२ रन पछ्याएको पश्चिमाञ्चल टीम १४ ओभरमा ४५ रनमा समेटिएको थियो । पश्चिमाञ्चलको लागि सरस्वती पुनले १६ र कृति सेनले ११ रन जोडेका थिए । प्लेयर अफ द म्याच एपीएफको सिता राना मगरले २ र सरिता मगरले २ विकेट लिए ।
प्रतियोगितामा समुह क बाट एपिएफ र पश्चिमाञ्चल समुह तथा समुह ख बाट सुदर पश्चिमाञ्ल र पूर्वाञ्चल सेमी फाइनल प्रवेश गरेका छन् । सोमारबो खेल पहिलो सुदुर पश्चिमाञ्चल र पश्चिमाञ्चल तथा दोस्रो खेल एपिएफ र पूर्वाञ्चल बीच हुने इटहरी क्रिकेट एकेडेमीका सीपी पौडेलले जानकारी दिए ।