तरहरा (सुनसरी) इटहरीमा शनिवार देखि सुरु भएको ११ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा काकड्भित्ता फुटवल टेनिङ सेन्टर झापाले विजयी सुरुवात गरेको छ । मङ्गलवारे फुटवल क्लब मोरगंलाई ३ –० को अन्तरले सहजै हराउँदै विजयी सुरुवात गरेको हो ।
विदेशी खेलाडी सहित दुबै टिम मैदानमा उत्रिएका थिए । काकड्भित्ताका खेलाडीले खेल अवधीभर मोरगंलाई दवावमा राखेको थियो । खेलको पहिलो आफको १५ मिनेटमा श्यामसोनको फ्रि किकलाई सदुपयोग गदै नगेन लिम्वुले आफ्नो टिमको खाता खोलेका थिए । त्यस पछि पहिलो हालमा पनि मोरगंलाई दवावमा राखेको थियो । दोस्रो आफको ४ मिनेटमा पुन काकड्भित्ताका खेलाडी एञ्जल गुरुङले गोल गरेर आफ्नो टिमलाई थप वलियो वनाएका थिए ।
काकड्भित्ताकै खेलाडी श्यामसोनले दोस्रोमा अन्तिममा अर्को गोल गरी आफ्नो टिमलाई वलियो वनाएका थिए । मोरगंले विदेशी खेलाडी धेरै उतारे पनि खेल अवधीभर गोल गर्ने प्रयास जारी राखे पनि गर्ने सकेको थिए । मोरगंले धेरै फ्रि किक सँगै धेरै मौका गुमाएको थियो । आईतवार भएको प्रतियोगिताको म्यान अफ म म्याद काकड्भित्ताका नगेन लिम्वु घोषित भएको कार्यक्रम संयोजक अनुरोध थापाले वताए । सोमवार आजको खेल न्यू स्टार क्लव सुनसरी र चर्च ब्वाईज युनाईटेड क्बल काठमाण्डौ विच हुने आयोजकले जनाएको छ ।
शनिवार सुरु भएको खेलको प्रतियोगिता अन्र्तगत पहिलो उद्घाटन खेलमा एपिएफ पूर्वाञ्चलले विजयी भएको थियो । एपिएफ पूर्वाञ्चल र आयोजक राष्ट्रिय जागृति क्लव विच भएको खेलमा एपिएफ एक शुन्यले विजयी भएको हो । एपिएफका लाग खेलको २६ औँ मिनेटमा जर्सी नम्बर १० का खेलाडी हरी कार्कीले गोल गरेका थिए । घरेलु दर्शकको साथ हुँदा पनि आयोजक राष्ट्रिय जागृति क्लबका खेलाडीहरुले उत्कृष्ठ प्रर्दशन गर्न सकेनन् । खेलको म्यान अफ द म्याच एपिएफ पूर्वाञ्चलका प्रदिप चौधरी घोषित भएका थिए ।
प्रतियोगिताको उद्घान गदै भैतिक तथा यातायात राज्यमन्त्री सिताराम मेहेताले खेल क्षेत्रको विकास गदै जानुको विकल्प नभएको वताए । इटहरीलाई खेलकुद क्षेत्रको हव वनाउँदै लानु पर्नेमा वताएका थिए । क्लबका अध्यक्ष संजिब ढुगानाको अध्यक्षमा भएको कार्यक्रममा किशोर राई लगायतले वोलका थिए । विजेतालाई २ लाख उपविजेतलाई एक लाख नगद दिईने संयोजक थापाले वताए । त्यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ३२”इञ्चको टेलिभिजन प्रदान गरिने, खेलको सर्वाेत्कृष्ट खेलाडीलाई रू ५ हजार नगद , र इटहरीको उदयीमान खेलाडी एक जनालाई प्रोत्साहन स्वरूप २४” इञ्चको टेलिभिजन प्रदान गरिने संयोजक थापाले जनाए ।