तरहरा/ इटहरी खेलकुद समाजको आयोजनमा शुक्रबारदेखि तरहरामा शुरु भएको खुल्ला राष्ट्रिय पुरुष भलिबलमा प्रतियोगितामा आयोजक इटहरी खेलकुद समाज “ए” सेमिफाईनलमा प्रवेस गरेको छ । आईतवार भएको पहिलो खेलमा आयोजकले मोरगं भलीवल टिमलाई २५–१६, २२–२५, २५–११, २५–१९ ले पछि पार्दै आफ्नो सेमिफाईनmको यात्रा तय गरेको हो ।
यता डुमराहा भलविल टिम नआएपछि पुर्वाअञ्ल प्रहरीले वाक ओभर मार्फत खेलको सेमिफाईनलमा प्रवेस गरेको छ । सोमवार आजको खेल इटहरी खेलकुद समाज “ए”ले नेपाल प्रहरी सँग भिड्ने भएको छ भने शशस्त्र प्रहरी वल एपीएफले आयोजक “बी” सँग खेल्ने भएको आयोजक समितिका कोषाध्यक्ष संजिव खड्काले वताए ।
शनिवार भएको शनिबार भएको पहिलो खेलमा आयोजक इटहरी खेलकुद समाज “बि” र झापा टाइगरबिच भएको खेलमा आयोजकले झापालाई सोझो सेटमा पराजित गरेको छ । त्यस्तै दोश्रो नेपाल प्रहरी रानी बिराटनगर र संखुवासभाबिच भएको खेलमा सोझो सेटमा प्रहरीले संखुवासभालाई पराजित गर्यो । तरहरामा खेल क्षेत्रमा अहिलेसम्मकै ठुलो राशिको पुरस्कार रहेको कार्यक्रममा दश टिमले सहभागिता भएको खेलकुद समाजका प्रचारप्रसार संयोजक शिव दाहालले वताए ।
प्रतियोगिताका विजेता प्रथम,द्धितिय र तृतियले क्रमशः १ लाख, ५० हजार र २५ हजार पसँगै ट्रफी र प्रमाण्पत्र पाउँने छन । यस्तै लोकनृत्य तर्फका प्रथमलाई १५ हजार, द्धितियलाई १० हजार र तृतियलाई नगर ५ हजार सहित शिल्ड रप्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै लोकनृत्य प्रतियोगितालाई पनि ब्यवस्थीत गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।