इटहरी / सुदुर पश्चिमाञ्चल र विभागीय टीम एपीएफ इटहरीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

सोमबार सम्पन्न सेमी फाइनल खेलमा सुदुर पश्चिमाञ्चल ७ विकेटले विजयी हुँदै फाइनल प्रवेश गरेको हो । टस जितेर पहिला व्याटिङ गरेको पश्चिमाञ्चल १९ पोइन्ट २ ओभर ८९ रनमा अल आउट भएको थियो । पश्चिमाञ्चलको लागि वर्षा रानाले २७, सरस्वती पुनले १३ रन बनाइन् । सुदुर पश्चिमाञ्चलका लागि रेखा रावलले २ विकेट र कविता जोशीले ३ विकेट लिइन् ।

९० रनको लक्ष्य पक्ष्याएको सुदुर पश्चिमले १७ पोइन्ट ४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । सुदुर पश्चिमाञ्चलकोे लागि रेखा रावलले ३६, कविता जोशीले १५ रन बनाए । खेलमा प्लेयर अफ द म्याच सुपको रेखा रावल भइन् ।यसै गरी दोस्रो खेलमा विभागीय टीम एपीएफले पहिला व्याटिङ गर्र्दै २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनाएको थियो ।

जसमा एपीएफका लागि करुणा भण्डारीले २२ रन बनाइन् । पूर्वाञ्चलको संगिता राईले ३ र सरस्वती चौधरीले २ विकेट लिएका थिए । जवाफमा पूर्वाञ्चल टीमले १९ पोइन्ट २ ओभरमा ५९ रनमै सिमित भए पछि एपीएफले फाइनलको यात्रा तय गरेको हो । एपीएफका लागि सिता राना मगरले ३ र रितु कजनीया, सरिता मगरले २÷२ विकेट लिएका थिए ।

पूर्वाञ्चलको लागि काजल श्रेष्ठले १४ र रोमा थापा थापाले १८ रन बनाए पनि अन्य खेलाडीको प्रदर्शन फितलो रहेको थियो । खेलमा एपीएफकी करुणा भण्डारी प्लेयर अफ त म्याच भइन् । इटहरीस्थित डिभिएम स्कुलको खेल मैदानमा भइरहेकोको प्रतियोगिताको फाइनल खेल बुधबार विहान एपीएफ र सुदुर पश्चिमाञ्चल बीच हुने इटहरी क्रिकेट एकेडेमीका सीपी पौडेलले जानकारी दिए ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उप विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सो प्रतियोगिता आयोजना गरिएको हो ।