तरहरा / इटहरीमा जारी ११ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा मगंलवार भएको खेलमा कञ्चनजंगा स्पोटिङ क्लब भारतलाई १–० को अन्तरले हराउँदै ब्वाईज युनियन काठमाण्डौ सेमिफाईनल प्रवेश गरेको छ । नाईजेरियन खेलाडीहरुको वहुल्यता रहेको भारतलाई ब्वाईज युनियनले हराएको हो ।
विदेशी खेलाडी उतारेको दुवै टिम जितका लागि प्रयासमा रहेका थिए । खेलको पहिलो हाफमा षेल रहित बराबरी खेलेका थिए । दोस्रो हाफको ७ औ मिनेटमा ब्वाईज युनियनका खेलाडी वर्तमान राईले आफ्नो एकल प्रयासमा आर्कषक गोल गरी आफ्नो टिमको खाता खोल्न भ्याए । उनको गोल सँगै भारत केहि आक्रमक वने पनि खेल अवधीभर कुनै गोल गर्ने सकेन । खेल अवधीभर भारतले उत्कृष्ट खेल देखाउँन नसक्दा वारम्वार गोल गर्ने मौका गुमाउँनु परेको थियो ।
ब्वाईज युनियनका सगेन चौधरी,दामेद,कोनी म्यानीटा लगायतले पहेलो कार्ड पाएका थिए । उता भारतका खेलाडी अमिर लामाले पनि पहेलो कार्ड पाए । खेलको दोस्रो हाफमा अमिरले वारम्वार गोलको प्रयास गरेका थिए । उनको वारम्वार गोल गर्ने प्रयास सफल भने हुन सकेन । खेल निकै रोमाञ्चक भएको थियो । मगंलवार भएको प्रतियोगिताको म्यान अफ दी म्याद ब्वाईज युनियनका गोलकर्ता वर्तमान राई घोषित भएका थिए । वुधवारको पहिलो सेमिफाईनल खेल चर्च ब्वाईज युनाईटेड काठमाण्डौ र शशस्त्र प्रहरी पूर्वाअञ्चल विच हुने आयोजकले जनाएको छ ।
खेल अवधिभर सोचे जस्तो प्रर्दशन गर्ने नसकेको भारतका कोच दिनकर क्षेत्रीले वताए । हाम्रो खेलाडीले मौदानमा सोचे जस्तो प्रर्दशन गर्ने नसकेको कारण क्वाटर फाईनल खेलबाटै आफुहरु वाहिरिनु परेको वताए ।