तरहरा / सुुनसरीको इटहरी स्थीत तरहरामा जारी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी शशस्त्र प्रहरी वल पूर्वाञ्चलले चुमेको छ । क्षेत्रीय प्रहरी कार्यलय विराटनगरलाई कडा प्रतिष्प्रर्धाका विच हराउँदै शशस्त्र प्रहरी पूर्वाञ्चलले भलिवल प्रतियोगिताको उपाधी चुमेको हो ।

मगंलवार भएको फाईनल खेलमा शसस्त्र प्रहरी वलले क्षेत्रीय प्रहरीलाई प्रहरी लाई ३–१ सेटले पराजित गदै शशस्त्रले उपाधी हासिल गरेको हो । शशस्त्रले २३–२५, २६–२४, २५–२१,२५–१४ को सेटले हराउदै खुल्ला भलिवलको उपाधी पोल्टामा पार्ने सफल भएको हो ।

विजयी सँगै शशस्त्र प्रहरीले नगद एक लाख रुपैयाँ सँर्गै मेडल र प्रमाण पत्र पाएको छ । उपविजेतामा चित्त वुझाउँन परेको क्षेत्रीय प्रहरीले पचास हजार नगद मेडर र प्रमाण पत्रले पुरस्कृत भएको थियो । यता घरेलु मैदानमै तेश्रो स्थानको लागी आयोजक “ए” र “बी” को प्रतिष्प्रर्धामा “ए” ले “बी” सजिलै हराउदै तेश्रो स्थान लिएको छ । आयोजक “ए” ले २७–२५, २५–१३, २५–१४को सोझो सेटमा हराउदै तेश्रो उपाधीमा आफ्नो कब्जा जमाएको हो । तेश्रो स्थान लिएको आयोजकले नगद २५ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यस्तै लोकनृत्य प्रतियोगितामा ज्ञानदर्पण एकेडमी प्रथम , इष्ट टु वष्ट स्कुल र प्याराडाईस वोडिङ स्कुल तृतिय भएको छ । प्रथम र विजेतालाई मेडल तथा प्रमाण पत्र समापन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रीय खेलकुद परीषदका सदस्य सचिव केशव कुमार बिष्टले प्रदान गरे । उनले तरहरा क्षेत्रमा पनि खेलकुद क्षेत्रको विकास भएको वताएका थिए । कार्यक्रममा अध्यक्ष टिकादत्त वनले आगमी वर्षहरुमा पनि प्रतियोगिताहरु गदै जाने वताए ।