इटहरी / इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधी विभागीय शसस्त्र प्रहरीको एपीएपफ टीमले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा सुदुर पश्चिमाञ्चललाई ८ विकेटले पराजित गर्दै एपीएफले उपाधी चुमेको हो । विजेता एपीएफले नगद एक लाख रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमा विष्टले पुरस्कार प्रदान गरे । उपविजेता बनेको सुदुर पश्चिमाञ्चललाई नगद ५० हजार रुपैयाँ, ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरियो । इटहरीस्थित डिभिएम स्कुलको खेल मैदानमा सम्पन्न प्रतियोगितामा टस जितेर पहिला व्याटिङ गरेको सुदुर पश्चिमाञ्चल २० ओभरको खेलमा ७ विकेट गुमाउँदै ५७ रनमा समेटिएको थियो ।
सुदुर पश्चिमाञ्चलका लागि सम्झना खड्काले १६ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । एपीएफका लागि रितु कनौजियाले ३ विकेट लिइन् भन् सीता राना मगर र संगिता मगरले एक÷एक विकेट लिएका थिए । ५८ रनको लक्ष्य सहित मैदानमा पसेको एपीएफले २ विकेट गुमाउँदै १४ पोइन्ट एक ओभरमा विजय लक्ष्य पुरा गरेको थियो ।
विजयी यात्रामा एपीएफका लागि सरिता मगरले २२ र सीता राना मगरले १६ रनको मद्धत गरेका थिए । सुदुर पश्चिमाञ्चलका लागि रेखा रावल र डोली भट्टले एक÷एक विकेट लिएका थिए । प्रतियोगितामा एपीएफकी सीता राना मगरले प्लेयर अफ द सिरिजको उपाधीसहित नगद १० हजार रुपैयाँ प्राप्त गरिन् ।
यसै गरी प्लेयर अफ द फाइनलको उपाधी एपीएफकै रितु कनौजियाले जितिन् भने वेष्ट वलरको उपाध पनि एपीएफकै करुणा भण्डारीले जितिन् । उनीहरुलाई नगद ५÷५ हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको थियो । यस्तै वेष्ट व्याट्स विमनको उपाधी सुदुर पश्चिमाञ्चलकी रेखा रावलले जितिन् । उनलाई पनि नगद ५ हजार रुपैयाँ प्रदान गरियो ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना र इटहरी क्रिकेट एकेडेमीको व्यवस्थापनमा भएको इटहरीमा पहिलो पटक राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता भएको हो । प्रतियोगिता समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का गणेश बुढाथोकी, उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्ट, प्याव्सन सुनसरी अध्यक्ष सुमित थापा, नागरिक समाज इटहरीका अध्यक्ष कमलेश शर्मा पौडेललगायतले पुरस्कार प्रदान गरेका थिए ।