विजयपुर/सुनसरी जिल्ला ब्यापी नवौ राष्ट्रपति रनिङ्ग शिल्ड तेक्वान्दो प्रतियोगिताको उपाधि सारदा वालिका उच्च माविले हात पारेको छ । प्रतियोगितामा सरस्वति उच्च मावि धरान दोस्रो र होलिल्याण्ड स्कुल तेस्रो भएका छन । विजेता तथा उपविजेता खेलाडिहरुले ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा सुनसरी जिल्ला खे.कु.वि.समितीका अध्यक्ष धनप्रसाद राई, सुनसरी बास्केटवल संघका सचिव तथा पूर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, तेक्वान्दो प्रशिक्षक गोपाल राई लगायतले पुरस्कार वितरण गरेका थिए । सुनसरी जिल्ला खेलकुद विकास समितीको आयोजना तथा सुनसरी तेक्वान्दो संघको संयोजनमा विहिवार धरान ९ स्थित कर्भडहलमा सम्पन्न प्रतियोगितामा सुनसरी भरिका १६ वटा विद्यालयले सहभागिता जनाएका थिए । १६ विद्यालय बाट महिला खेलाडि २२ जना र पुरुष खेलाडि ५० जना गरी ७२ जना खेलाडिहरुले प्रतिश्पर्धा गरेका थिए । विजेता सारदा वालिकाले एक स्वर्ण, एक रजत दोस्रो हुने सरस्वाति उच्च माविले एक स्वर्ण र एक कास्य र तेस्रो हुने होलिल्याड स्कुले पनि समान एक स्वर्ण र एक कास्य मेडल जितेका थिए । सरस्वति र होलिल्याण्ड स्कुलको मेडल वरावर भएता पनि सहभागि खेलाडिको आधारमा दोस्रो र तेस्रो विद्यालय घोषित गरिएका थिए । प्रतियोगिताका विजेताहरुले पूर्वाञ्चल क्षेत्रिय प्रतियोगितामा सहभागिता जनाउने प्रतियोगिता संयोजक तथा सुनसरी तेक्वान्दो संघका सदस्य मदन राईले जानकारी दिए ।