भद्रपुर/ झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पताललार्ई मेडिकल कजेल बनाउने स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङ्गले घोषणा गरेका छन् ।
अस्पताल परिसरमा शुक्रवार आयोजित एक कार्यक्रममा स्वास्थ्य राज्य मन्त्रि गुरुङ्गले उक्त घोषणा गरेका हुन् । अस्पताल विकास समितिले अस्पतालको स्तरवृद्धि गर्दै मेडिकल कलेज बनाउने मागसहितको ज्ञापनपत्र बुझाएलगतै मन्त्रि गुरुङ्गले मेची अञ्चल मेडिकल कजेल नामकरण गर्दै घोषणा गरेका हुन् ।
अस्पतालको स्तरवृद्धिका लागी स्वास्थ्य मन्त्रलाय समक्ष पटक पटक अस्पताल विकास समितिले आवाज उठाउन थालेपछि स्वास्थ्य मन्त्री गगन थापाले यस अस्पताल प्रति गम्भिरतापूर्वक चासो देखाएको बताए । मन्त्री थापाले चासो देखाएपछि प्रदेश नम्बर १ अन्तरगत झापामा मेडिकल कजेल स्थापनका लागी मन्त्रलाय सकारात्मक रहेको उनको भनाई थियो ।
साथै राज्य मन्त्री गुरुङ्गले अस्पतालमा आईसियु सेवा सञ्चालनका लागि २० लाखसहित अन्य उपकरण खरिदका लागी १ करोड ९४ लाख ३० हजार रुपैया बराबरको अख्तियारी पत्र अस्पतालका अध्यक्ष राम कटटेललाई बुझाएका थिए । अस्पताललाई चाहिने भौतिक पूर्वाधार निर्माणका लागि पहिलो चरणमा एक करोड बजेट छुटाइदिएको प्रतिवद्धता समेत जाहेर गरे ।
कार्यक्रममा चिकित्सा महाशाखाका प्रमुख भोलामान श्रेष्ठले निजी अस्पतालले चिकित्सक तानेका कारण सरकारी अस्पताल खस्किरहेको उल्लेख गर्दै अव मेची अञ्चल अस्पतालमा प्राध्यापक सेवा समेत हुने भएकोले सवे कर्मैचारीले आफ्नो योग्यता र क्षमताको विकास गर्नसक्ने बताए ।
चिकित्सकले विरामीको उपचार, ज्ञानसिप बाड्ने,अनुसन्धान गर्ने र नेतृत्व गर्ने मुख काम भएको उल्लेख गरेका थिए । कार्यक्रममा डाक्टर किरण रेग्मी, सांसद सुधिर कुमार सिवाकोटी राप्रपा नगर अध्यक्ष बाबुराम पराजुली, माओवादी केन्द्रका नरेश सञ्जेल,एमालेका विनोद पोखरेल लगायतले मेडिकल कलेज बन्ने घोषणामा खुसी व्यक्त गरेका थिए । विकास समितिका अध्यक्ष राम कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्ड पिताम्बर ठाकुरले अस्पतालको वारेमा जानकारी गराएका थिए ।