धनकुटा / तल्लो टुडिखेलको स्तरउन्नोत्ति हुने भएपछि पूर्वाञ्चलकै प्रतिष्ठित शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको आयोजना अनिश्चित भएको छ ।
धनकुटा नगरपालिकाको स्वामित्वमा रहेको तल्लो टुडिखेलमा हरेक वर्ष चैत्रमा हुँदै आइरहेको सो प्रतियोगिता सञ्चालनमा अनिश्चित भएको आयोजक समितिका सदस्य गोविन्द राईले बताएका छन् । यस वर्ष प्रतियोगिताको १३ औं संस्करण आयोजना हुँदै थियो । विगतका वर्षमा धरानमा हुने वुढासुब्बा गोल्डकपको समयमा प्रतियोगिता आयोजना हुने गथ्र्यो ।
तर अहिले वुढासुब्बा गोल्डकप सम्पन्न भईसकेको र खेल आयोजना हुने टुडिखेल स्तरउन्नोत्ति हुने भएकाले भीमनारायण गोल्डकप अनिश्चित वनेको उनले वताउका छन् । सदस्य राईका अनुसार प्रतियोगितामा साविक मिति भन्दा तीन महिना सम्म परसम्म सर्न सक्छ । प्रतियोगिता सञ्चालनको लागि सदरमुकाममा एक मात्र खेल मैदान टुडिखेल रहेको छ ।
नेपाली कांग्रेसका नेता शहीद भीमनारायण श्रेष्ठले विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा श्रेष्ठलाई पक्राउ गरि २०३५ शालमा तत्कालिन सरकारले गोली हानी हत्या गरिएको थियो । उनको सम्झनामा शहीद भीमनारायण अन्तर्राष्टिय प्रतियोगिता २०५५ साल देखि आयोजना हुँदै आइरहेको छ ।