तरहरा / राष्ट्रिय जागृती क्लब इटहरीका ११ औ इटहरी गोल्डकप संयोजक अनुरोध थापाले हावाहुरी र ठुलो पानी परेको कारण ११ औ गोल्डकपको फाईनल खेल सम्म सरेको आयोजकले जनाएको छ ।

ग्राउण्डमा पानी जमे पछि आगमी विहिवार प्रतियोगिता गर्ने थापाको भनाई थियो । प्रतियोगिता गर्ने नसक्ने भए पछि आयोजकले सार्नु वाध्यता भएको थापाले वताए ।  उनले भने अब फाइनल खेल विहीबार (चैत ३ गते) हुनेछ ।

फाइनलमा झापाको काकडभिट्टा फुटबल ट्रेनिङ् सेन्टर र एपीएफ पूर्वाञ्चलको टीमबीच प्रतिस्पर्धा हुदैंछ । दुवैले आफूलाई उपाधिको हकदार दावी गरेका छन् । दुवै टीमले फाइनल यात्रा गर्दासम्मको प्रदर्शन हेर्दा संघर्षपूर्ण प्रतिस्पर्धा हुने निश्चित छ ।