फागुन/ बार्सिलोनाको स्पेनिस ला लिगा उपाधि होडमा धक्का लागेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा उपाधि होडमा रहेको बार्सिलोना पराजित भएको हो ।

डिप्रोटिभो डि ला कोरुनाले उपाधि होडलाई बलियो बनाउनका लागि महत्वपूर्ण खेलमा बार्सिलोनालाई २–१ ले हराएको हो । डिप्रोटिभोको जितमा जोसेलु र एलेक्स बर्गनटिनोस गार्सियाले गोल गरे । बार्सिलोनाका लागि लुइस स्वारेजले एक गोल फर्काए । ४० औं मिनेटमा जोसेलुले डिप्रोटिभोका लागि पहिलो गोल गरे ।

दोस्रो हाफको सुरु माने स्वारेजले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । तर ७४ औं मिनेटमा गार्सियाले गोल गर्दै डिप्रोटिभोलाई २–१ को जित दिलाए । च्याम्पियन्स लिगमा पिएसजी विरुद्ध ऐतिहासिक जित निकालेपछिको ला लिगा खेलमा बार्सिलोना पराजित भएको हो । हारपछि दोस्रो स्थानमा झरेको बार्सिलोनाको २७ खेबलाट ६० अंक भएको छ ।

एक खेल कम खेलको शीर्ष स्थानको रियल मड्रिडको ६२ अंक छ । राति नै भएका अरु खेलमा एथ्लेटिको बिल्बाओले रियल सोसिडाडलाई २–० तथा भिल्लारियलले सेल्टा डि भिगोलाई १–० ले हराएको छ ।