आइसीसी विश्व क्रिके लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्ध जारी खेलमा नेपालका भेट्रान बलर मेहबुब आलमले उत्कृष्ट बलिङ गरिरहेका छन् । उनकै बलिङमा नेपालले खेलमा शुरुवाती दुई सफलता प्राप्त गरेको छ । उनले ६ ओभर बलिङ गर्दै ५ वटा मेडेन राख्दै मात्र २ रन खर्चिएका छन् । उनले एलेक्स ओबान्डा र धिरेन गोन्डारियालाई समेत पभोलियन फिर्ता पठाइ सकेका छन् । सन् २००० मा नेपालका लागि डेब्यु गरेका राजविराज निवासी आलमले एकै खेलमा १० विकेट लिएर विश्वकिर्तिमान समेत बनाएका छन् । समाचार तयार पार्दासम्म केन्याले २ विकेटको क्षतिमा १२ ओभरमा २७ रन बनाएको छ ।