काठमाडौं/ नेपाल र केन्याबीच जारी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याले पाँचौ विकेट गुमाएको छ ।

नेपालका लागि सोमपाल कामीले केन्याको पाँचौ विकेट ढलाइदिएका हुन् ।

उनले क्याच आउट गरे । किर्तिपुर क्रिकेट मैदानमा च्याम्पियनसिप अन्तर्गत दोस्रो खेल भइरहेको छ ।

३६.३ ओभरको समाप्तीमा पाँच विकेट गुमाउँदै केन्याले १२५ रन जोडेको छ । यस अघि शनिवार भएको खेलमा नेपाली ब्याट्सम्यान चल्न नसक्दा नेपालले हार बेहोरेको थियो । आजको खेलमा चाहिँ नेपालले गतिलो प्रदर्शन गरिररहेको छ ।

आज भइरहेको खेलमा केन्याका सुरुवाती दुई विकेट मेहबुब आलमले ढालेका हुन् । उनी दुई वर्ष पछि राष्ट्रिय टिममा फर्किएका हुन् । उनलाई अनुशासनको कारबाही गरेर टिमबाट हटाइएको थियो ।

तेस्रो विकेट सन्दिप लामिछानेले लिएका हुन् भने चौथो विकेट शरद भेषवाकरले लिएका थिए । कप्तान पारस खड्को अनुपस्थितिका बाबजुत नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । खड्का खेल्न नसकेपछि उप कप्तान ज्ञानेन्द्र खड्को कप्तानीमा नेपाल मैदानमा उत्रिएको छ ।