कांग्रेस सभापति शेरबहादुर देउवाले स्वास्थ्य मन्त्री गगन थापालाई फिर्ता बोलाउने तयारी थाले पछि काग्रेस वृत्तमा हल्लीखल्ली मच्चिएको छ ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारलाई मन्त्री बनाउनका लागि गगनलाई फिर्ता बोलाउने देउवाले तयारी थालेसँगै कांग्रेसी वृत्तमा असन्तृष्टी चुलिएको छ ।

प्रधानमन्त्री प्रचण्डले फोरम लोकतान्त्रिकका अध्यक्षलाई सरकारमा सहभागी गराउनका निम्ति एउटा मन्त्रालय छाडिदिनु पर्ने प्रस्ताव देउवासँग राखेसँगै सभापति देउवाले गगनलाई स्वास्थमन्त्रीबाट फिर्ता बोलाएर सो मन्त्रालय गच्छदारलाई जिम्मा लगाउने तयारी गरेका हुन ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको पहिलो प्राथमिकतामा भौतिक पुर्वाधार र स्वास्थ्य गरी दुई मन्त्रालय रहेका छन् ।

तर उनको माग अनुसार भौतिक पुर्वाधार दिन देउवा तयार नभएपछि उनलाई उपप्रधानमन्त्री सहित सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री दाहालले गरेका छन् ।

थापाले सम्हालिरहेको स्वास्थ्य मन्त्रालय भने गच्छदारले पार्टीका महासचिव रामजनम चौधरीका लागि माग गरेका हुन । चौधरी यसअघि पनि केपी शर्मा ओलीको सरकारमा रहँदा स्वास्थ्य मन्त्री थिए ।

कांग्रेस नेताहरुका अनुसार रमेश लेखकलाई फिर्ता बोलाएर भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिनु भन्दा पार्टी गगन थापालाई नै फिर्ता बोलाउने देउवाको दाउ छ । यो विषयमा मन्त्री थापासंग सभापति देउवाले छलफल समेत गरिसकेका छन् ।