ताप्लेजुङ / पूर्वका विभिन्न जिल्लामा बर्डफ्लुको सङ्क्रमण देखिन थालेपछि ताप्लेजुङमा पनि उच्च सतर्कता अपनाइने भएको छ । जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको सोमबार बसेको बैठकले जिल्लामा भिœयाइने पक्षीजन्य बस्तुमा कडाइ गर्नुको साथै बिक्री– वितरणमा पनि सतर्कता अपनाउनका लागि जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । ताप्लेजुङमा ल्याइने ब्रोइलर, गिरिराज लगायतका जातका कुखुरा तथा अण्डा जिल्ला बाहिरबाट भिœयाइने भएकाले यातायातमार्पmत् आउने पंक्षीजन्य बस्तुको सुरक्षा निकायले सुरक्षा जाँचमा कडाइ गर्ने, उपभोक्तालाई पनि सचेत गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले बताए । जिल्ला पशुसेवा कार्यालयमा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी खड्कासहित, स्थानीय समन्वय समिति प्रमुख नरहरि भण्डारी, पशुसेवा कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि लगायतको उपस्थिति थियो ।