धनगढी/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको नाममा तराई र पहाडलाई छुट्याउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
मेची महाकाली अभियान अन्तर्गत कैलालीको धनगढीमा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने,‘संविधान संशोधनमार्फत सीमांकन परिवर्तन गरेर पहाड र तराईलाई अलग गर्ने षड्यन्त्र भइरहेको छ। संविधान संशोधन अहिले किन आवश्यक भयोरु’
उनले संविधान संशोधन नगरी चुनाव हुन सक्दैन भनेर भन्नु तर्कसंगत नभएको बताए। उनले संविधान संशोधनको निर्वाचन गर्ने कुरासँग कुनै सम्बन्ध नरहेको बताए। उनले भने,‘संविधान संशोधन नभईँ निर्वाचन हुन सक्दैन भनेर भनिएको छ। निर्वाचन र संविधान संशोधनको कुनै साइनो छैन।’
उनले निर्वाचन हुन नदिन संविधान संशोधनको नाटक मञ्चन गरिएको समेत आरोप लगाए। ओलीले मुलुकलाई अघि बढ्न नदिने षड्यन्त्र पनि भइरहेको बताए। उनले भने,‘एमालेको मेची महाकाली अभियान किन आवश्यक पर्यो। जहाँ–जहाँ एमालेको सभा हुन्छ त्यहाँ–त्यहाँ किन बन्द गरियोरु अब अल्मलिनु पर्ने छैन। कुन पार्टी कस्तो भन्ने यहाँहरुले थाहा पाइसक्नु भएको छ।’
पहाड र तराईलाई छुट्याउने षड्यन्त्र हुँदैछः ओली
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































