इटहरी / इटहरीमा सञ्चालित प्रिमियर होटल स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई दिक्षित गरिएको छ । इटहरी व्याङ्केटमा शुक्रबार एक समारोहका बीच पहिलो व्याचका विद्यार्थीहरुलाई दिक्षित गरिएको हो ।
कार्यक्रममा प्रिमियर होटल स्कुलका कार्यकारी प्रमुख सुनिल भूषालले विद्यार्थीहरुलाई अबको ६ महिनामा विद्यार्थीहरुलाई होटल उद्योगमा इन्ट्रान्सिपको लागि पठाईने जानकारी दिए । रोजगारको राम्रो सम्भावना भएको होटल म्यानेजमेन्टको कोर्ष काठमाडौंसम्म जानु पर्ने बाध्यतालाई सुविधा दिन इटहरीमा होटल व्यवस्थापनमा विभिन्न विधामा गुणस्तरीय कोर्ष सञ्चालन गरिने जानकारी दिए ।
६ महिनासम्म कोर्ष सकेर विद्यार्थीहरुलाई थप ६ महिना इन्ट्रान्सिप गरे पछि कसैले पनि रोजगारीको अभाव नहुने उनको भनाई थियो । कार्यक्रममा पहिलो चरणका ४० जना विद्यार्थीलाई दिक्षित गरिएको थियो । सो अवसरमा उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्ट, शिक्षासेवी लेखनाथ घिमिरे, हिसान सुनसरी अध्यक्ष मुकुन्द घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेलशन ढकाल, अल्फाविटा इन्स्टीच्यूटका निराकार पोख्रेल, नमुना कलेजका केशव खड्कालगायतको सहभागिता रहेको थियो ।