टाउको दुख्ने तथा माइग्रेनको समस्या : हर्मोनको उचारचढावका कारण टाउको दुख्ने तथा माइग्रेनको समस्या हुनसक्छ । कतिपय पिल्सहरुले शरीरमा एस्ट्रोजनको लेभल घटाइदिन्छ, जसले टाउको दुख्ने समस्या सुरु हुन्छ । यदि तपाईमा यस्तो समस्या आएको छ भने तत्काल चिकित्सकलाई देखाएर खाइरहेको पिल्सहरु बदल्नु पर्छ ।
लठ्याउन सक्छ : यदि तपाईलाई पिल्स खाएपछि लठ्ठ पारेको जस्तो महसुस हुन्छ भने बेलुका खाना खाने बेलामा वा सुत्ने बेलाभन्दा पहिले प्रयोग गर्नु उचित हुन्छ । पिल्स खाँदा जहिले पनि एउटै समयमा खानु राम्रो हुन्छ । यसले कम साइडइफेक्ट हुने बताइन्छ ।
स्तन सुन्निनु वा कडापन आउनु : पिल्सको प्रयोग गर्ने महिलाको स्तनमा कहिलेकाहीँ सुन्निने तथा कडापन आउन सक्छ । तर यस्तो समस्या केही समयपछि हराएर जानसक्छ । यो हुनुको कारण हर्मोनमा देखिने गडबडी नै हो । यस्तो बेलामा कफी तथा नुनको मात्रा घटाउनु राम्रो हुन्छ । त्यस्तै सपोर्टवाला ब्रा लगाउन राम्रो हुन्छ । तर यदि छाती दुख्छ, सास लिन गाह्रो हुन्छ भने तत्काल डाक्टरको सल्लाह लिनुपर्छ ।
महिनावारीका बेला असामान्य किसिमले रगत जाने : पिल्स लिएको दुई वा तीन महिनाको बीचमा महिलाको महिनावारीका बेला असामान्य रुपमा रगत बग्छ । हर्मोन बढाउने पिल्स लिँदा पाठेघरमा एन्डोमेट्रियलको लाइनिङ कमजोर भई झर्न सक्छ । जसका कारण असामान्य रुपमा रगत बग्न सुरु हुन्छ । तर तपाईंले पिल्स लिइसकेपछि पाँच दिनसम्म तथा सोभन्दा बढी दिनसम्म रगत बगिरहेमा डाक्टरको सल्लाह लिनु पर्छ ।
तौल बढ्छ : पिल्सको खाएको हप्ता वा महिनादिनपछि नै शरीरको तौल बढ्दै जान्छ । तर यो वाटर रिटेन्सनको कारणले हुने गर्छ र पछि हराएर जान सक्छ । गर्भ रहन नदिनका लागि भन्दै पिल्समा अत्यधिक मात्रामा एस्ट्रोजन राखिएको हुन्छ । जसले तौल बढाउने काम गर्छ । यसले खासगरी महिलाको जाँघ, हिप तथा स्तन बढेको देखिन्छ ।
योनीमा इन्फेक्सन : बढी पिल्स प्रयोग गर्ने महिलामा योनी दुख्ने पोल्ने तथा इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । यो रोग त्यस्ता महिलामा अझ बढी हुन्छ, जो महिलामा मधुमेह छ । चिनी तथा रक्सीको अत्यधिक सेवन गर्नेमा पनि इम्युन सिस्टम कमजोर हुन्छ ।
मुडमा परिवर्तनः पिल्सको असर शारीरिक रुपमा मात्रै होइन, कहिलेकाहीँ मानसिक रुपमा पनि देखिन्छ । कहिलेकाहीँ डिप्रेसनको बाटोमा समेत लैजान सक्छ । किनकी सिन्थेटिक हर्मोनले मष्तिस्कको नसामा असर गर्छ । यदि तपाईको घरमा कसैलाई डिप्रेसन छ भने अरुलाई पनि हुन सक्छ । त्यसैले डाक्टरलाई सबै कुरा भन्नुपर्छ ।
आँखाको ज्योतिमा परिवर्तन : त्यो महिला जसले सुरुदेखि नै चस्मा लगाउँछिन् भने उनले गर्भनिरोधक चक्की पिल्स खाँदा आँखामा असर पर्न सक्छ । हर्मोनको कारणले आँखाको डिल सुन्निनसक्छ । जसले समस्या हुन्छ ।
यौन इच्छामा कमी : कतिपय महिलाहरुमा पिल्सको सेवनले यौन इच्छामासमेत कमी देखिन्छ । यो हर्मोन बढाउने चक्की भएकोले टेष्टोस्ट्रोनको उत्पादन रोकिदिन्छ । यसले यौनजीवनमा समेत असर पर्छ । कहिलेकाहीँ सेक्सको समयमा दुखाइसमेत हुन्छ ।
–एजेन्सीको सहयोगमा