सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ। यसमा अत्यन्त कडा दुखाइ हुन्छ।

प्रायः राति खुट्टा पल्टिने गदर्छ। एक्कासी तिघ्रा र पिँडौलाको मासु खुम्चिन गई राति पल्टिन्छ। यो समस्या अधिकांश मानिसले भोग्ने गरेका हुन्छन्।

१) प्रसस्त पानी, फलफूलको रस र दालको रस पिउने।

२) धेरै मध्यपान, कफी र सोडा सेवन नगर्ने।

३) सुत्नुअघि खुट्टालाई तन्काउँदा यो समस्या कम हुन सक्छ। सुत्नुअघि १० मिनेट साइकल चलाउँदा पनि खुट्टा फर्किने समस्या रोकिन्छ।

४) लगातार लामो समय सम्म नउभिने। अप्ठ्यारो गरेर नबस्ने साथै अप्ठ्यारो गरेर नसुत्ने।

५) सुत्दा नरम ब्ल्याङकेट र नरम ओछ्यान प्रयोग गर्ने।

६) १० देखि १५ मिनेट मासु फर्किएको छ भने मसाज गराउने।

७) खुटृा पल्टेको समयमा हिँडने अथवा मज्जाले हाँस्ने। यसले दिमागमा खुम्चने र फुक्ने सन्देश प्रवाह हुने हुँदा छिटो सन्चो हुन्छ।

८) पल्टिएको ठाँउमा तातोले सेक्ने। तातोले खुम्चिएको मासु छिटो फुक्नलाई सहयोग गर्छ।

९) पोटासियम, क्याल्सियम र म्याग्नेसियम धेरै भएका खाने कुरा (फलफूल, गेडागुडी आदि) प्रशस्त खाने।

१०) पटक–पटक खुट्टा पल्टने समस्या दोहोरिए, तुरून्त चिकित्सकको सल्लाह लिने।