विजयपुर/ धरान १६ स्थित पञ्चायत निमाबिमा शनिवार एक दिने स्त्री रोग सम्बन्धी स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा स्थानीय २ सय ३० जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री रोग बिषेशज्ञ डा पप्पु रिजाल (रोहीत)को टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।शिविर सञ्चालन गर्न संसद् मीन विश्वकर्माले संसद् विकास कोष मार्फत सहयोग गरेका थिए ।
शिविरको उद्घाटन नेपाली काँग्रेस धरान उपमहानगरका निर्वतमान सभापति किशोर राईले गरेका थिए ।साँगुरी धारापानी समाज धरानको आयोजनामा सञ्चालन गरिएको शिविरमा ५ जना महिलामा पाठेघरको क्यान्सर भएको भेटिएको थियो। ।