/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले एमाले पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् ।
भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको निरन्तरता र आपसी हितका कुरा भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
अध्यक्ष ओलीले नेपाली जनताको लोकतान्त्रिक सङ्घर्षबाट प्राप्त संविधानसभाबाट जारी संविधान कार्यान्वयन र जनतालाई अधिकार दिलाउन आफूहरु लागिपरेको बताएका थिए ।
राजदूत पुरीले आइतबार राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । ओली र भारतीय राजदूतबिच भेटवार्ता
/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले एमाले पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् ।
भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको निरन्तरता र आपसी हितका कुरा भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
अध्यक्ष ओलीले नेपाली जनताको लोकतान्त्रिक सङ्घर्षबाट प्राप्त संविधानसभाबाट जारी संविधान कार्यान्वयन र जनतालाई अधिकार दिलाउन आफूहरु लागिपरेको बताएका थिए ।
राजदूत पुरीले आइतबार राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































