धरान / चलचित्र लुट–२ को च्यारिटीबाट सङ्कलित रकम धरानको पूर्वाञ्चल बहिरा विद्यालयलाई प्रदान गरिएको छ । कोरियामा प्रदर्शित फिल्मको मेन्स रुम रिलोडेड र द राइजिङ स्टार ग्रुप दक्षिण कोरियाका नेपाली युवाहरुले सहयोग गरेका हुन् । स्कुललाई ५० हजार रुपैयाँबराबरको एक थान कम्प्युटर सेट, एक थान प्रिन्टिङ प्रेस हस्तान्तरण गरिएको मेन्स रुमका सदस्य विश्व श्रेष्ठले बताए । युवराज अधिकारीले सामग्रीहरु हस्तान्तरण गरेका थिए ।