काठमाडौँ/ वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारी तथा जर्मनीका वातावरण, प्रकृति संरक्षण, भवन एवम् आवणिक सुरक्षासम्बन्धी मन्त्री डा बार्वरा हेन्ड्रिक्सबीच भेटवार्ता भएको छ ।
वन मन्त्रालयमा आज भएको सो भेटमा उहाँहरुबीच नेपाल र जर्मनीबीच वन, जैविक विविधता एवम् जलवायु परिवर्तन अनुकूलनलगायतका क्षेत्रमा आपसी सहकार्य बढाउनेबारेमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटमा मन्त्री भण्डारीले रेडप्लस हिमालया, जडीबुटी एवम् सुगन्धित वनस्पतिको बजार प्रवद्र्धनसम्बन्धी परियोजनाको कार्यान्वयनमा जर्मन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको मन्त्रालयका सहप्रवक्ता यज्ञनाथ दाहालले जानकारी दिए ।
भेटमा स्थानीय तहमा वन क्षेत्रमा काम गर्ने निकायको वन सम्पदाजस्ता प्राकृतिक स्रोत साधनको दिगो व्यवस्थापनमा क्षमता अभिवृद्धि गर्ने क्षेत्रमा दुई मुलुकले सहकार्य गर्नेबारेमा समेत छलफल भएको थियो ।
यसैगरी जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण, जैविक विविधता संरक्षण, उच्च मूल्यका जडीबुटी एवम् गैरकाष्ठ वन पैदावारको खेती विस्तार तथा बजार प्रवद्र्धन आदि विषयमा द्विपक्षीय सहकार्य गर्नेबारेमा मन्त्री भण्डारीले जोड दिए। मन्त्री भण्डारी र जर्मनका मन्त्री हेन्ड्रिक्सबीच भेटवार्ता
काठमाडौँ/ वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारी तथा जर्मनीका वातावरण, प्रकृति संरक्षण, भवन एवम् आवणिक सुरक्षासम्बन्धी मन्त्री डा बार्वरा हेन्ड्रिक्सबीच भेटवार्ता भएको छ ।
वन मन्त्रालयमा आज भएको सो भेटमा उहाँहरुबीच नेपाल र जर्मनीबीच वन, जैविक विविधता एवम् जलवायु परिवर्तन अनुकूलनलगायतका क्षेत्रमा आपसी सहकार्य बढाउनेबारेमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटमा मन्त्री भण्डारीले रेडप्लस हिमालया, जडीबुटी एवम् सुगन्धित वनस्पतिको बजार प्रवद्र्धनसम्बन्धी परियोजनाको कार्यान्वयनमा जर्मन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको मन्त्रालयका सहप्रवक्ता यज्ञनाथ दाहालले जानकारी दिए ।
भेटमा स्थानीय तहमा वन क्षेत्रमा काम गर्ने निकायको वन सम्पदाजस्ता प्राकृतिक स्रोत साधनको दिगो व्यवस्थापनमा क्षमता अभिवृद्धि गर्ने क्षेत्रमा दुई मुलुकले सहकार्य गर्नेबारेमा समेत छलफल भएको थियो ।
यसैगरी जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण, जैविक विविधता संरक्षण, उच्च मूल्यका जडीबुटी एवम् गैरकाष्ठ वन पैदावारको खेती विस्तार तथा बजार प्रवद्र्धन आदि विषयमा द्विपक्षीय सहकार्य गर्नेबारेमा मन्त्री भण्डारीले जोड दिए।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































