गर्मीमा उखुको रस पिउनुको धेरै फाइदाहरु रहेका छन् । डाक्टरहरु एक दिनमा कम्तीमा १ ग्लास उखुको रस पिउनुपर्छ । यस्ता छन् फाइदाहरु : १) यसले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ । यसले मुटुका रोगीहरुलाई धेरै फाइदा गर्छ । २) यसमा क्याल्सियमको मात्रा धेरै हुन्छ । यसले हड्डीलाई दह्रो बनाउन मद्दत गर्छ । ३) यसमा ग्लुकोज पाइन्छ । यसले कमजोरी हटाएर तुरुन्त शक्ति प्रदान गर्छ । ४) यसले पिउँदा शरीरमा बोसो पगाल्ने प्रक्रिया चाँडो हुन्छ । यसले मोटामा कम गर्न मद्दत गर्छन् । ५) यसमा एन्टिअक्सिडेन्ड पनि पाइन्छ । यसले रुघाजस्ता इन्फेक्सनबाट बच्न मद्दत गर्छ । ६) यसले छाला र कपाललाई पनि फाइदा गर्छ । ७) उखुको जुसमा आइरन पनि पाइन्छ । यसले रगतको कमीबाट हुने एनिमियाबाट बचाउन मद्दत गर्छ । ८) यसले क्यान्सरजस्ता रोगहरुबाट पनि बच्न मद्दत गर्छ । ९) यसमा म्याग्नेसियम पनि पाइन्छ । यसले शरीरको दुखाईबाट राहत दिन्छ । १०) यसमा फोसफोरस पाइन्छ । यसले दाँतलाई मजबुत बनाउन मद्दत गर्छ भने गिजाको समस्याबाट बच्न पनि मद्दत गर्छ ।