धरान/धरान–१९ स्थित प्रभात सेकेण्डरी बोर्डिङ स्कुलले वार्षिक कार्यक्रम साथै साँस्कृतिक कार्यक्रमको अवसरमा विजय लिम्बूले आफ्नो श्रीमतीको स्मृतिमा २ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । उनले स्वर्गीय मन्जिला लिम्बूको स्मृतिमा २ लाख रुपैयाको अक्षयकोषको स्थापना गरेका हुन् । उनले उक्त कोषबाट आएको ब्याजबाट छात्र र छात्रा गरी दुईजना जेहेन्दार विद्यार्थीहरुलाई १०–१० हजार रुपैयाको छात्रवृति रकम प्रदान गर्ने घोषणा गरेका छन् । स्कुले वार्षिक कार्यक्रम अन्तर्गत कक्षागत प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । त्यस्तै वार्षिक खेलकुदमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाईसमेत मेडल तथा प्रमाण पत्र प्रदान गरिएको स्कुलका निर्देशक डा. दिलकुमार लिम्बूले बताएका छन् । वार्षिक खेलकुदमा फुटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, चेस, दौड, बेलुन फुटाई र चकलेट दौडलगायतका प्रतियोगिता गरिएका थिए । २०७२ सालमा एसएलसी दिएका ३६ जना विद्यार्थीहरुलाई पनि विदाई कार्यक्रम गरिएको स्कुलकी प्रिन्सिपल भीष्म चेम्जोङले बताएकी छन् ।