काठमाडौँ/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।
उनी नियमित उपचारका क्रममा बैंकक गएकाे उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराए ।
उनी दिउँसो थाई एयरवेजको विमानबाट श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक गएका हुन् ।
पछिल्लोपटक भदौ अन्तिम साता उनी उपचारका क्रममा बैँकक गएका थिए । उनी उपचार गरेर एकसातापछि स्वदेश फर्कने प्रेस संयोजक अधिकारीले बताए ।
मिर्गौला प्रत्यारोपण गरेपछि अध्यक्ष ओली पटक पटक नियमित उपचारको क्रममा बैंकक गइरहेका छन् । अध्यक्ष ओली उपचार गर्न बैंकक प्रस्थान
काठमाडौँ/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।
उनी नियमित उपचारका क्रममा बैंकक गएकाे उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराए ।
उनी दिउँसो थाई एयरवेजको विमानबाट श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक गएका हुन् ।
पछिल्लोपटक भदौ अन्तिम साता उनी उपचारका क्रममा बैँकक गएका थिए । उनी उपचार गरेर एकसातापछि स्वदेश फर्कने प्रेस संयोजक अधिकारीले बताए ।
मिर्गौला प्रत्यारोपण गरेपछि अध्यक्ष ओली पटक पटक नियमित उपचारको क्रममा बैंकक गइरहेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































