इलाम/करिव बीस वर्ष पछाडी हुन लागेको स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै देउमाई नगरपालिकामा चुनावि चहलपहल बढेको छ ।
यतिखेर नगरपालिकाको चोक–चोकका पसल, विभिन्न स्थानमा कार्यक्रम मार्फत प्रचार–प्रसार, सामाजिक सन्जाल मार्फत पनि आसन्न स्थानिय तहको चुनावको चर्को चर्चा हुन थालेको छ ।
निर्वाचनका लागि उम्मेदवार को बन्ने र कसलाई भोट दिने भन्ने लगायतका विषयमा चर्चा परिचर्चा हुन थालेको छ । सबै राजनैतिक पार्टीहरु निर्वाचनका तयारीमा गाउँगाउँमा पुगेर भोट माग्ने र जीत आफ्नो पक्कडमा पार्नको लागि दौडधुपमा व्यस्त देखिन्छन् ।
देउमाई नगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसको तर्फबाट, नेपाली कांग्रेस क्षेत्र न. २ क्षेत्रीय सभापति गोविन्द गिरी, नेपाली कांग्रेस जिल्ला कार्य समिति पूर्व सचिव होम दुलालको नाम चर्चामा आएको छ भने उपमेयर पदमा दुई जना महिला नेतृ शोभा बस्नेत र तारा राईको नाम चर्चामा देखिन्छ ।
त्यस्तै नेकपा एमालेको तर्फबाट मेयर पदमा नेकपा एमाले जिल्ला अध्यक्ष राम राना, जिल्ला कमिटी सचिवालय सदस्य सूर्य पोख्रेलको नाम चर्चामा देखिन्छ भने एमालेबाटै उपमेयरका लागी मञ्जु खतिवडा र दुर्गा आचार्यको नाम चर्चामा देखिन्छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट मेयर पदका लागी राम राई र सर्कलको नाम चर्चामा आएको माओवादी केन्द्रकका एक नेताले बताए ।
उपमेयर पदका लागी भने टुङ्गगो लागी नसकेको र केही दिन भित्रमा टुङ्गगो लाग्ने उनको भनाई छ । त्यस्तै राप्रपा नेपालको तर्फवाट र अन्य पार्टीहरुको भने कसलाई उठाउने भन्ने बारेमा छलफलकै क्रममा रहेको बताएका छन् ।
यसरी हेर्दा यसरी देउमाई नगरपालिकामा चुनावी चहलपहल समग्र नगरका सबै वडाहरुमा धेरै अगाडि बढिरहेको छ । सोहि नगरपालिकाकै वडा नम्बर ९ को चुनावी चहलपहलले समेत तीब्रता लिएको छ ।
सो ९ नम्बर वडामा कांग्रेसको तर्फ बाट ८ जनाको नाम चर्चामा छ चर्चामा रहने अध्यक्षका प्रत्यासीहरुमा साविक जीतपुर गाउँ विकास समिति (हाल देउमाई नपा ९)का कांग्रेस सभापति कमल खनाल, पुर्व गाविस पार्टी सचिव गोविन्द भट्टराई साथै ङनिन्द्र कट्टेल लिलाराम कट्टेल, दुर्गा न्यौपाने, भगिरथ गिरी, राधा गिरी आदिको नाम चर्चामा छ भने सोही वडाको खुल्ला पुरुष नगर सदस्यमा गंगा प्यकुरेल र बुद्धराम लिम्बु छन् ।
त्यसै गरी महिला सदस्यमा एकमात्र भिमा बराल (कट्टेल)को नाम देखिन्छ भने दलित महिला सदस्यमा नर्मदा परियार रहेका छन । नेकपा एमालेको तर्फबाट सो ९ नम्बर वडामा अध्यक्षका प्रत्यासीहरुमा प्रेम बराल र ठाकुर कट्टेल छन भने महिला खुल्ला सदस्य र महिला दलित आरक्षण कोटामा अहिले सम्म टुङ्गो लागी नसकेको बताएका छन् ।
त्यस्तै अन्य पार्टीहरु नेकपा माओवादी केन्द, राप्रपा नेपाल लगायतका दलहरु पनि उम्मेदवार चयन गर्नमा खटेर लागि परेका छन् ।स्थानिय चुनावको चर्चा बढेसगैँ चुनावको माहोल हेर्दा अधिकांश पार्टीको मेयर तथा वडा अध्यक्षहरुमा महिलाहरुको नाम चर्चामा आएको देखिदैन । निर्वाचनमा राजनैतिक दलको दौडधुप
इलाम/करिव बीस वर्ष पछाडी हुन लागेको स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै देउमाई नगरपालिकामा चुनावि चहलपहल बढेको छ ।
यतिखेर नगरपालिकाको चोक–चोकका पसल, विभिन्न स्थानमा कार्यक्रम मार्फत प्रचार–प्रसार, सामाजिक सन्जाल मार्फत पनि आसन्न स्थानिय तहको चुनावको चर्को चर्चा हुन थालेको छ ।
निर्वाचनका लागि उम्मेदवार को बन्ने र कसलाई भोट दिने भन्ने लगायतका विषयमा चर्चा परिचर्चा हुन थालेको छ । सबै राजनैतिक पार्टीहरु निर्वाचनका तयारीमा गाउँगाउँमा पुगेर भोट माग्ने र जीत आफ्नो पक्कडमा पार्नको लागि दौडधुपमा व्यस्त देखिन्छन् ।
देउमाई नगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसको तर्फबाट, नेपाली कांग्रेस क्षेत्र न. २ क्षेत्रीय सभापति गोविन्द गिरी, नेपाली कांग्रेस जिल्ला कार्य समिति पूर्व सचिव होम दुलालको नाम चर्चामा आएको छ भने उपमेयर पदमा दुई जना महिला नेतृ शोभा बस्नेत र तारा राईको नाम चर्चामा देखिन्छ ।
त्यस्तै नेकपा एमालेको तर्फबाट मेयर पदमा नेकपा एमाले जिल्ला अध्यक्ष राम राना, जिल्ला कमिटी सचिवालय सदस्य सूर्य पोख्रेलको नाम चर्चामा देखिन्छ भने एमालेबाटै उपमेयरका लागी मञ्जु खतिवडा र दुर्गा आचार्यको नाम चर्चामा देखिन्छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट मेयर पदका लागी राम राई र सर्कलको नाम चर्चामा आएको माओवादी केन्द्रकका एक नेताले बताए ।
उपमेयर पदका लागी भने टुङ्गगो लागी नसकेको र केही दिन भित्रमा टुङ्गगो लाग्ने उनको भनाई छ । त्यस्तै राप्रपा नेपालको तर्फवाट र अन्य पार्टीहरुको भने कसलाई उठाउने भन्ने बारेमा छलफलकै क्रममा रहेको बताएका छन् ।
यसरी हेर्दा यसरी देउमाई नगरपालिकामा चुनावी चहलपहल समग्र नगरका सबै वडाहरुमा धेरै अगाडि बढिरहेको छ । सोहि नगरपालिकाकै वडा नम्बर ९ को चुनावी चहलपहलले समेत तीब्रता लिएको छ ।
सो ९ नम्बर वडामा कांग्रेसको तर्फ बाट ८ जनाको नाम चर्चामा छ चर्चामा रहने अध्यक्षका प्रत्यासीहरुमा साविक जीतपुर गाउँ विकास समिति (हाल देउमाई नपा ९)का कांग्रेस सभापति कमल खनाल, पुर्व गाविस पार्टी सचिव गोविन्द भट्टराई साथै ङनिन्द्र कट्टेल लिलाराम कट्टेल, दुर्गा न्यौपाने, भगिरथ गिरी, राधा गिरी आदिको नाम चर्चामा छ भने सोही वडाको खुल्ला पुरुष नगर सदस्यमा गंगा प्यकुरेल र बुद्धराम लिम्बु छन् ।
त्यसै गरी महिला सदस्यमा एकमात्र भिमा बराल (कट्टेल)को नाम देखिन्छ भने दलित महिला सदस्यमा नर्मदा परियार रहेका छन । नेकपा एमालेको तर्फबाट सो ९ नम्बर वडामा अध्यक्षका प्रत्यासीहरुमा प्रेम बराल र ठाकुर कट्टेल छन भने महिला खुल्ला सदस्य र महिला दलित आरक्षण कोटामा अहिले सम्म टुङ्गो लागी नसकेको बताएका छन् ।
त्यस्तै अन्य पार्टीहरु नेकपा माओवादी केन्द, राप्रपा नेपाल लगायतका दलहरु पनि उम्मेदवार चयन गर्नमा खटेर लागि परेका छन् ।स्थानिय चुनावको चर्चा बढेसगैँ चुनावको माहोल हेर्दा अधिकांश पार्टीको मेयर तथा वडा अध्यक्षहरुमा महिलाहरुको नाम चर्चामा आएको देखिदैन ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































