धरान/धरान–१५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलले वार्षिक कार्यक्रमको अवसरमा पाँचजना अभिभावकहरुलाई सम्मानित गरेको छ । [caption id="attachment_40500" align="alignnone" width="900"] सम्मानित अभिभावकसहित प्रमुख अतिथि खेमचन्द्र सुवेदीसहित अतिथिहरु । तस्बिरः भोजराज श्रेष्ठ[/caption] बिहीबार स्कुल परिषरमा विद्यालय सहयोगी पाँचजना अभिभावकहरुलाई प्रशंसा पत्रले सम्मानित गरेको हो । स्कुलले यामबहादुर थापा, मदन हुक्पा चोङबाङ, श्यामकुमारी तामाङ, लक्ष्मी कटुवाल र महेश्वर राईलाई प्रशंसा पत्रले सम्मानित गरिएको हो । त्यस्तै स्टुडेन्ट अफ दि इयर बनेकी कक्षा ६ की बिकिसा लिम्बूलाई नगद २ हजार रुपैयासहितले पुरस्कृत गरिएको छ । टिचर अफ दि इयर यसवर्ष खुबिना लिम्बूले प्राप्त गरेकी छन् । उनलाई नगद ३ हजार रुपैयाले पुरस्कृत गरिएको स्कुलका निर्देशक अर्जुनकुमार मेन्याङ्बोले बताए । कक्षागत प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको छ भने अतिरिक्त कृयाकलाप अन्तर्गत विभिन्न खेलकुदमा विजयी हुने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको छ । विद्यालयले २० वर्षसम्म दिर्घसेवा गरेका शिक्षक बाबुराम घिमिरेलाई सम्मानित गरेको छ । लामो समयदेखि सेवा पु¥याउदै आएका उनलाई दिर्घसेवा पुरस्कारबाट सम्मानित गरिएको हो । स्कुलले विद्यार्थीहरुलाई बास्केटबल, फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस र एथलेटिक्समा विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरेको हो । कार्यक्रममा स्कुल सञ्चालक समितिका अध्यष खगेन्द्र मेन्याङ्बो, प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय सुनसरीमार्फत् तोकिएका धरानका स्रोतव्यक्ति खेमचन्द्र सुवेदी, प्रिन्सिपल राजकुमार लिम्बूले पुरस्कृत विद्यार्थी तथा अभिभावकहरुलाई प्रशंसा पत्र प्रदान गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि रहेका स्रोतव्यक्ति सुवेदीले अभिभावकको साथ सहयोग विना विद्यालयको कुनै पनि कुरा सफल हुन नसक्ने बताए ।