एमाले धरान नगरमा प्रचार कमिटीको विस्तार
धरान/स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) नगरले प्रचार गर्ने उद्देश्यले विभिन्न वडामा कार्यालय विस्तार गरेको छ ।
नगरले प्रचार कमिटी शाखा विस्तार गरेको हो । शनिबार धरान–१७ पटनालीमा प्रचार कमिटी विस्तार गरेको छ । शाखाको उद्घाटन नगर अध्यक्ष तारा सुब्बाले गरे ।
यस्तै धरान ९ को साखा कमिटीको सांसद कृष्णकुमार राई र पार्टीका जिल्ला सचिवालय सदस्य तथा धरान नगर इन्चार्ज प्रदीप भण्डारी, नगर अध्यक्ष सुब्बाले संयुक्त रुपमा उद्घाटन गरे । चुनाबमा पार्टिलाई जिताउनको लागि पनि प्रचार गरिएको सुब्बाले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























