धरानमा १० बजेसम्म मात्रै होटल खोल्न पाइने
धरान/स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै धरानमा सञ्चालित होटलहरु १० बजे नै बन्द गर्न प्रहरी प्रशासनले निर्देशन जारी गरेको छ ।
प्रहरीले रातको १० बजे भन्दा उता होटल खोल्न नपाउने नियम लागु गरेको छ । यसका विषयमा प्रहरीले सम्बन्धित होटल सञ्चालकहरुसँग बसेर छलफल गरिसकेको छ । शनिबारदेखि नै लागू हुने गरी निर्देशन जारी गरेको वडा प्रहरी कार्यलयका सई जसबहादुर लिम्बुले बताए ।
‘राती सम्म खुल्ने होटल सन्चालकहरुसँग एक चरण कुरा भइसकेको छ’ उनले भने । सुरक्षालाई ध्यानमा राख्दै यो कार्य गरेको सई लिम्बूले बताए । उक्त कार्यमा सहयोग गर्न सम्पुर्ण ब्यबसायी तथा आम जनसमुदायलाई उनले आग्रह गरेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























