नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चुनाव विरोधी आफ्नो गतिविधिलाई तीव्र बनाएको छ ।नेकपाले कैलालीमा स्थानीय निर्वाचनका लागि राखिएका सामग्रीहरू सोमबार कब्जामा लिएर नष्ट गरिदिएको छ । नेकपाका कार्यकर्ताले कैलालीमा निर्वाचन कार्यालयको सामान कव्जामा लिएर आगो लगाएका हुन् ।
नेकपाले स्थानीय निर्वाचनलाई खारेज गर्ने गरेको जनाउँदै आएको छ । नेकपाका कैलाली जनसरकार प्रमुख हरिचरण चौधरीले स्थानीय तहको निर्वाचन विथोल्न निर्वाचन कार्यालयका सामग्री कब्जामा लिएर जलाइ दिएको बताए । ‘आगामी दिनहरूमा पनि निर्वाचनका सामानहरू कव्जा गरेर चलाउँछौँ’, उनले भने ।
कैलालीको त्रिशक्ति नगरपालिका लालवोझीमा निर्वाचन आयोगले प्रचारका लागि पठाएको मतदाता शिक्षा नियमावली नमूनापत्र सोमबार अपरान्ह ३ बजे नेकपाका कार्यकर्ताले जनाएका हुन् । ‘विप्लव’को पार्टीले निर्वाचन सामग्री जलायाे
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चुनाव विरोधी आफ्नो गतिविधिलाई तीव्र बनाएको छ ।नेकपाले कैलालीमा स्थानीय निर्वाचनका लागि राखिएका सामग्रीहरू सोमबार कब्जामा लिएर नष्ट गरिदिएको छ । नेकपाका कार्यकर्ताले कैलालीमा निर्वाचन कार्यालयको सामान कव्जामा लिएर आगो लगाएका हुन् ।
नेकपाले स्थानीय निर्वाचनलाई खारेज गर्ने गरेको जनाउँदै आएको छ । नेकपाका कैलाली जनसरकार प्रमुख हरिचरण चौधरीले स्थानीय तहको निर्वाचन विथोल्न निर्वाचन कार्यालयका सामग्री कब्जामा लिएर जलाइ दिएको बताए । ‘आगामी दिनहरूमा पनि निर्वाचनका सामानहरू कव्जा गरेर चलाउँछौँ’, उनले भने ।
कैलालीको त्रिशक्ति नगरपालिका लालवोझीमा निर्वाचन आयोगले प्रचारका लागि पठाएको मतदाता शिक्षा नियमावली नमूनापत्र सोमबार अपरान्ह ३ बजे नेकपाका कार्यकर्ताले जनाएका हुन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































