नवलपरासी/ नवलपरासीको कावासोतीमा तीन वर्षीया बालिका बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

स्थानीय १३ वर्षीय एक बालकले ३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय कावासोतीमा उजुरी दिएका हुन् ।

जबरजस्तीकरणी गर्ने बालकलाई प्रहरीको निगरानीमा राखिएको छ । घटनाको अनुसन्धान गरी बालकलाई सुधारगृहमा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।