धरान /पाँचौं शाखाको रुपमा रहेको धरानको स्पार्क फाइभ हस्पिटलको तेस्रो वार्षिकोत्सवको अवसरमा दुईदिने निःशुल्क शिविर सञ्चालन गरेको छ ।
शनिबारदेखि सुरु भएको निःशुल्क शिविरमा नशा, हाड खिएको, प्यारलाइसिस, कम्मरदुख्ने, घोडा दुख्नेलगायत समस्याका बिरामीहरुले सेवा लिइरहेका छन् । काठमाडौंबाट आएका डा. अनिलकुमार महतो र डा. साजन वान्तवा राईले शिविरमा सहभागीहरुको स्वास्थ्य चेकजाँच गरिरहेको सञ्चालक समिति सदस्य मुरारी सुवेदीले बताए ।
शिविरमा पहिलो दिन ९० जनाले नाम लेखाएको उनले बताए । तेस्रो वार्षिकोत्वको अवसरमा शाखाले थेरापीमा २० प्रतिशत, एक्सरेमा ३० प्रतिशतर र ल्यावमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । धरान–१ टेलिकम अघि रहेको हस्पिटलमा सुनसरी, धनकुटालगायतका बिरामीहरुले सेवा लिदै आएको अध्यक्ष देवरत्न शाक्यले बताए । कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले गरेका थिए ।