सप्तरीमा लागलागी, १५ लाखकाे क्षति
कञ्चनपुर (सप्तरी)/सप्तरीको हनुमाननगर–कङ्कालिनीमाई नगरपालिका–४ माधवापुरमा आज आगलागी हुँदा करिब रु १५ लाख बरारबको क्षति भएको छ ।
स्थानीय नवीन झाको घरमा गहुँमा ‘थ्रेसर’ लगाउने क्रममा उनको र छिमेकी भगवती झाको दुई वटा घरमा आगो लागेको थियो । आगलागीबाट घरभित्र रहेका सम्पूर्ण सरसामान जलेर नष्ट हुँदा उक्त परिमाणको क्षति भएको इप्रका भारदहले जनाएको छ । आगो प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































