धरान/गिँजामा देखिने समस्या फरकफरक हुन्छन् । दाँतमा फोहोर अड्किएर शुरुमा गिँजा सुन्निने हुन्छ । शुरुको अवस्थामा नै वास्ता गरेन भने फोहोर भित्रसम्म पसेर दाँत खियाइदिने, दाँत हल्लिने र दाँत यताउता सर्ने हुन्छ ।
फोहोरले गर्दा गिँजालाई मात्र होइन, दाँतलाई पनि असर गरिरहेको हुन्छ । त्यसकारण दाँत र मुखसम्बन्धी स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । गिँजा पिंक रंगको हुन्छ । फोहोरले गर्दा पछि गएर गिँजा रातो हुन्छ ।
गिँजामा समस्या देखिए पछि शुरुको अवस्थामा ब्रस गर्दा रगत देखिन थाल्छ । नरम किसिमले ब्रस गर्दा पनि रगत देखिन थालेमा विशेष ध्यान दिनु जरुरी हुन्छ । रगत देखिँदासमेत ध्यान नदिए फोहोर भित्रसम्म पुगेर हड्डी खिइएर दाँत हल्लिने र अन्त्यमा दाँत नै फाल्नुपर्ने अवस्था पनि आउन सक्छ ।
गिँजाबाट रगत आउने, सुन्निने, पिप आउने अवस्थामा पनि ध्यान नदिएमा भित्र इन्फेक्सन भैसकेको हुन्छ । यो अवस्थामा उपचार प्रक्रिया नअपनाइ पान, गुट्खा र सुपारी खाने गरेमा मुखको क्यान्सर समेत हुन सक्छ ।
त्यसकारण तपाईको समस्यामा तपाईले तुरुन्त चिकित्सककहाँ गएर देखाउन जरुरी छ । तपाईको जिज्ञासालाई हेर्दा तपाईको गिँजामा इन्फेक्सन भैसकेको देखिन्छ ।स्वास्थ्यखबर