बिर्तामोड । क्याम्ब्रिज इस्टिच्युट अफ टेक्नोलोजि र भारतको सिमला स्थित ग्रिनहिल ग्रुप अफ इस्टिच्युट बिच शैक्षिक सम्झौता भएको छ ।
एसइइ र प्लस टु उत्तर्ण गरि प्राबिधिक बिषयमा उच्च शिक्षा अध्ययन गर्न भारत जाने विद्यार्थीहरुलाई छात्रबृत्ति सहित सहज रुपमा अध्ययन गराउने उद्देश्यले शैक्षिक सम्झौता गरिएको हो । ग्रिनहिल ग्रुप अफ इस्टिच्युटका एस कृपाल सिंह पास्रिचा र क्याम्ब्रिज इस्टिच्युट अफ टेक्नोलोजिका निश्चल सिंखडा, निशान सिंखडा बिच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
सन् २००३ मा स्थापना भएको उक्त कलेजमा नेपाल, भारत लगाएत बिभिन्न देशका तिन हजार बढि बिद्यार्थी अध्ययनरत रहेको बताइएको छ । डिप्लोमादेखि मास्टर तहसम्म इन्जिनियरिङ बिषयमा अध्यापन हुने उक्त कलेजमा क्याम्ब्रिज इस्टिच्युट अफ टेक्नोलोजि मार्फत अध्ययन गर्न जाने बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने बताइएको छ ।
उक्त कलेजको शैक्षिक बाताबरण, रहनसहन, खानपान हावापानी नेपालको जस्तै रहेकाले नेपालबाट अध्ययन गर्न जाने बिध्यार्थीहरुलनई सजिलो हुने बताईएको छ ।