प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध संसदमा महाअभियोग दर्ता
काठमाडाैं/प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले उनीविरुद्ध आइतवार दिउँसो संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।
प्रधानन्यायधीश कार्की्विरुद्धको महाअभियोग प्रस्तावमा नेपाली कांग्रेस र माओवादी केन्द्रका २५१ सांसदले हस्ताक्षर गरेका छन्।
के के छन् प्रधानन्यायाधीश सुशीला कार्कीलाई आरोप?
-प्रधानन्यायाधी कार्कीले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको।
-आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको।
-न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सिमित न्यायाधीसलाई इजलासमा राखेको।
-कार्य्विधि र कानुनको पालना नगरेको।
-न्यायालयको गरिमा र स्वच्छतामा आघात पुर्याएको।
-शक्ति पृथकिकरणको सिद्धान्तमा आँच पुर्याएको।
-सर्वोच्च अदालतभित्र गुटबन्दी गरेको।
-न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको।
(नेपालखबरबाट)
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































