बम बनाउने सामग्रीसहित बिप्लवका कार्यकर्ता पक्राउ
महाेत्तरी/महोत्तरीको बर्दिबासबाट प्रहरीले आइतबार नेपाल कम्युनिष्ट पार्टीका जनकपुर अञ्चल ब्यूरो प्रमुखसहित चार जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित अञ्चल ब्यूरो प्रमुख सन्देश पौडेल, मिथिला चौहानसहितलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।
उनीहरुका साथबाट प्रहरीले बम बनाउन प्रयोग हुने प्रेसर कुकर बम बनाउने उपकरण, टाइम बम बनाइने घडी, तार दुई वटा, डेटोनेटर छ वटा, महोत्तरीको नक्सा, स्थानीय चुनाव खारेज गर लेखिएको पर्चा तीन सय वटा र नेपाली कांग्रेस पार्टीको स्टिकर दुई सय वटा बरामद गरेको छ । –रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































