धरान/महेन्द्र बहुमुखी क्याम्पस धरानमा आमसञ्चार तथा पत्रकारिता स्नात्तक दोस्रो वर्षमा अध्ययरत विद्यार्थीहरुले ‘सुनसरीका दैनिक पत्रिका’ मा आचारसंहितको अवस्था बारे कार्यशाला गरेको छ ।
क्याम्पसका सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थी एवम् पत्रकार शेखर ढकालले दैनिक पत्रिमामा आचारसंहितको अवस्था बारे अवधारणा पत्र पेश गरे । उक्त विषयमा रहेर अग्रज पत्रकार हर्ष सुब्बा र सीता मादेम्बाले आफ्नो अनुभव सेयर गरेका थिए ।
कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले गरेका थिए । कार्यक्रममा आम संचारका शिक्षक किशोर थुलुङले पनि आफ्ना भनाइहरु राखेका थिए । दोस्रो वर्षमा २६ जना विद्यार्थीहरु अध्ययरत रहेका छन् ।