अाजकाे राशिफल
वि.सं. २०७४ साल जेठ २१ गते। आइतबार। इश्वी सन् २०१७ जुन ४ तारिख। नेपाल संवत् ११३७ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– दशमी, १०:४४ बजेउप्रान्त एकादशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पहिलेको सफलताले हौसला जगाउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अस्वस्थताले केही बाधा पुर्याउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। गुरुजनको सहयोग तथा बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउनेछ। नयाँ योजना प्रारम्भ गर्न समय पर्खनुपर्ला। व्याहारिक अलमलले अध्ययनमा बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला। योजना तत्काल सार्वजनिक नगर्नुहोला। कृषिबाट सामान्य लाभ हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
विशेष उपहार हातलागी होला। सहयोगीहरूले राम्रो साथ दिनेछन्। चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्व निखार्ने हुँदा आकर्षक भइनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। आम्दानी रोकिनाले योजना स्थगन गर्नुपर्ला। मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्न सक्छन्। पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि बिस्तारै राम्रो मूल्य प्राप्त हुनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
रमाइलो क्षणमा पनि व्यावहारिक समस्याले पछ्याइरहने देखिन्छ। साझेदार तथा आफन्तसँग असमझदारी बढ्न सक्छ। बुद्धिको उपयोगले अप्ठ्यारा परिस्थितिलाई सुल्झाउन सकिनेछ। चिताएका काममा सहयोगीहरूले साथ दिनेछन्। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। (नेपाली पात्रो)