वेस्ट लण्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा भीषण आगलागी भएको र त्यहाँभित्र मानिसहरु थुनिएको प्रत्यक्षदर्शीले बताएका छन्।
ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी शुरु भएको थियो।
झण्डै २०० सय अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। बीबीसी संवाददाता एण्डी मूरका अनुसार पूरै भवन जलिरहेको छ र भवन लड्न सक्ने देखिन्छ।
अर्का प्रत्यक्षदर्शी टिम डाउनीले भवनको एउटा हिस्सा पूर्ण रुपमा जलेको बीबीसीलाई बताए।
उनले भने, 'भवनको भित्री भागसम्म आगो फैलिएको छ।'
उनले पूरै भवन नै हल्लिरहेको बताए। लण्डनःटावर ब्लकमा भीषण आगलागी
वेस्ट लण्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा भीषण आगलागी भएको र त्यहाँभित्र मानिसहरु थुनिएको प्रत्यक्षदर्शीले बताएका छन्।
ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी शुरु भएको थियो।
झण्डै २०० सय अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। बीबीसी संवाददाता एण्डी मूरका अनुसार पूरै भवन जलिरहेको छ र भवन लड्न सक्ने देखिन्छ।
अर्का प्रत्यक्षदर्शी टिम डाउनीले भवनको एउटा हिस्सा पूर्ण रुपमा जलेको बीबीसीलाई बताए।
उनले भने, 'भवनको भित्री भागसम्म आगो फैलिएको छ।'
उनले पूरै भवन नै हल्लिरहेको बताए।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































