उदयपुर/ भारतीय राजदूत मञ्जिव सिंह पुरीले शनिबार उदयपुरको जोगीदहस्थित जनता उच्च माध्यमिक विद्यालयको भवन उद्घाटनका साथै बसाहास्थित नारद आदर्श शिक्षा क्याम्पस भवनको शिलान्यास गरेका छन् ।
नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत सञ्चालित साढे ६ करोड रुपैयाँ बराबरको लघु योजनामा आधारित सहयोगबाट भवन निर्माण भएको हो ।जनता उच्च माविको सो नवनिर्मित भवनमा १२ वटा कक्षाकोठाहरू र छात्र तथा छात्राका लागि अलग–अलग शौचालयको व्यवस्था रहेको उद्घाटनको क्रममा बताइएको थियो ।
नवनिर्मित भवनबाट विद्यार्थीहरूले अधिकतम लाभ उठाऊन् भन्ने अपेक्षा रहेको बताउ“दै राजदूत सिंहले गुणस्तरीय शिक्षाका लागि पूर्वाधार निर्माणमा भारत सरकारको सदैव सहयोग रहने बताए ।
कक्षा ११ र १२ को अध्ययनका लागि उनले हरेक विद्यालयका कक्षा १० बाट अधिकतम अङ्क प्राप्त गर्ने दुई विद्यार्थीलाई महात्मा गान्धी छात्रवृत्ति प्रदान गर्ने पनि उद्घोष गरेका थिए ।उदयपुर जिल्लामा अरू करीब ९ करोडको परियोजना निर्माणाधीन रहेको र यसअघि जिल्लामा ११ वटा एम्बुलेन्स प्रदान गरिएको उनले जनाए । उदयपुर जिल्लापछि राजदूत सिंहले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रमण गरेका थिए ।