विराटनगर/धेरैले सामाजिक सञ्जाललाई टाइमपास गर्ने ठाउको रुपमा प्रयोग गर्दछ । कतिपयले यसको गलत प्रयोग गरेर यसको बद्नामनै गरेका छन् भने कतिले चै यो सञ्जाललाई प्रयोग गरेर समाजिक स्तरमा धेरैनै परिबर्तन ल्याएका छन् । त्यस्तै ग्रुपहरु मध्ये एक हो बिराटनगरबाट सञ्चालित ‘बिईङ नेपाली’ नामको फेसबुक ग्रुप ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरु धेरै युवा हुने र युवाहरु यसको प्रयोगबाट बिग्रने गर्छन भन्ने कुरालाई गलत साबित गर्दै यो ग्रुपका सदस्यहरुले समय समयमा सामाजिक कामहरु गर्दै आएका छन् । शनिबारपनि ग्रुपका सदस्य तथा अभियानकर्ताहरुले बिराटनगर १ स्थित पोखरिया माध्यमिक बिद्यालय अगाडिको सडकमा जेब्राक्रसिङ बनाएको छ ।
सडकका नियम पालना गर्नेहरुको भन्दा उछृङखल रुपमा सवारी कुदाउनेहरुका कारण दुर्घटना हुन थालेपछि बिद्यालय अगाडि दुर्घटना रोक्न र बिद्यार्थी तथा अभिभाबकलाई सहजता प्रदान गर्न जेब्रा क्रसिङ बनाइएको ग्रुपका अभियानकर्ता अभाष फुयालले जानकारी दिए । सामाजिक सञ्जाल मार्फत भेटिएका परिचित तथा अपरिचित साथीहरुको सहयोगमा जेब्रा क्रसिङ बनाइएको उनले बताए । सामाजिक सञ्जाललाई सकारात्मक कार्यकालागि प्रयोग गर्नु पर्छ भन्ने सन्देश दिनपनि आफुहरुले सामाजिक कार्यहरु गरेको उनले बताए ।