धरान/ धरान स्थित पुर्वाञ्चल ज्ञानचक्षु बिद्यालयमा नेवी सघंले ताला बन्दि गरेको छ ।

बिद्यालयको समस्या समाधान गर्न प्रशासन गम्भिर नभएको र बिद्यार्थीको पठनपाठनमा अबरोध भएर बिद्यार्थीको भबिष्य डामाडोल बनाउने खेल भएकाले बिद्यालयको समस्या समाधन नहुन्जेल सम्म तालाबन्दि गरिएका नेवीसघं सुनसरी क्षेत्र नं १ का कार्यबाहक सभापती बालकुमार राईले बताएका छन् ।

नेवीसघंले निम्न मागहरु राखेको छ – बिद्यालयका ब्यबस्थापकीय कमजोरी सुधार हुनु पर्ने –आन्दोलनरत शिक्षकहरुको माग सुनुवाइ हुनु पर्ने –बिद्यालयलाई मेरो हैन हाम्रो हो भन्ने महसुस हुने गरि कार्य सम्पादन गर्नु पर्ने

नेवी सघंका केन्द्रिय सदस्य सागर प्रसाईले माग पुरा नभएसम्म ताला बन्दि जारी रहने बताएका छन् ।बिद्यालय प्रशासनले शिक्षक,बिद्यार्थी,अभिभाबक र सरोकारवालालाई सधै नजरअन्दाज गर्ने गरेको उनको आरोप छ ।