विजयपुर/शिक्षा मन्त्रालय,शिक्षा बिभाग र नेपाल पत्रकार महासघंको सहकार्यमा सञ्चालित ‘संस्थागत शिक्षा पत्रकारीता पुरस्कार २०७३’बाट ब्लाष्ट टाईम्स राष्ट्रिय दैनिक पुरस्कृत भएको छ ।
शुक्रबार शिक्षा मन्त्री गोपालमान श्रेष्ठले काठमाण्डौमा आयोजीत एक कार्यक्रमका बिच ब्लाष्ट टाईम्स दैनिकका सम्पादक तथा प्रबन्ध निर्देशक किशोरकुमार कार्किलाई उक्त पुरस्कार प्रदान गरेका हुनर ।
नगर ४० हजार र प्रमाणपत्र सहित प्रदान गरिएको पुरस्कार नेपालको शैक्षिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्बाह गर्ने पत्रिकालाई प्रदान गरिदै आएको छ ।
पुरस्कार ग्रहण गर्दै ब्लाष्ट दैनिकका सम्पादक किशोरकुमार कार्कीले आफ्नो संस्थाले शिक्षा क्षेत्रको बिकासका लागि थप भमिका निर्बाह गर्न उर्जा मिलेको प्रतिकृया दिएका छन् ।ब्लाष्ट दैनिकका पाठक,बिज्ञापनदाता,शुभचिन्तक र कर्मचारीहरुको हौसला र कृयाशिलताका कारण उपलब्धिका रुपमा उक्त पुरस्कार प्राप्त भएको भन्दै सबैमा आभारपनि ब्यक्त गरेका छन् ।