Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /पूर्व
पूर्व

विना अनुमति स्वास्थ्य क्लिनिक सञ्चालन

ब ब्लाष्ट खबर भदौ २८, २०७४ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber

काँकडभिट्टा/ काँकडभिट्टामा ‘दिब्यज्योति आइ इयर केयर सेन्टर’ नामक स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन भइरहेको छ । 

आँखा, नाक, कान र घाँटीको उपचार एकै थलोमा गर्ने भन्दै गत भदौ पहिलो सातादेखि सञ्चालनमा आएको सो क्लिनिकले सम्बन्ध निकायबाट सञ्चालनको अनुमति नलिई शल्यक्रियालगायतका उपचार थालिसकेको छ । स्वास्थ्य उपचारसँग सम्बन्धित कुनै पनि क्लिनिक वा संस्था सञ्चालन गर्नका लागि कानूनबमोजिम जिल्ला जनस्वास्थ्य कार्यालयबाट सेवा सञ्चालन अनुमति लिनुपर्ने प्रावधान रहेको छ । तर दिब्यज्योति आइ एण्ड इयर केयर सेन्टरले सेवा सञ्चालनको अनुमति नलिई धमाधम उपचार गतिविधि सुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रशासकीय अधिकृत देवराज कार्कीले दिब्यज्योति आइ एण्ड इयर केयर सेन्टरले सेवा सञ्चालनको अनुमति पाइनसकेको बताए। उनीहरुले अनुमति माग्नुभएको हो, तर सञ्चालन स्वीकृति दिइएको छैन’, जनस्वास्थ्य कार्यालयका प्रशासकीय अधिकृत कार्कीले भन्नुभयो–“स्वास्थ्यसँग सम्बन्धित क्लिनिक सञ्चालनका लागि जनस्वास्थ्य कार्यालयबाट अनिवार्य अनुमति लिएको हुनुपर्ने कानूनी प्रावधान छ ।” काँकरभिट्टाको बाहुनडाँगी रोडको पूर्वी लाइनमा भाडामा लिइएको एक घरमा दिब्यज्योतिको क्लिनिक स्थापना गरिएको छ । सेन्टरले शल्याक्रियासहितको उपचार शुरु गरेको सञ्चालक डा मोनिका कर्माचार्यले बताए । उनले भने–“जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन गरेर अनुमति आउने प्रक्रियामा छ उपचार शुरु गर्दै गर्नु भनेकाले सेवा शुरु गरिएको हो ।” उनले जिल्ला जनस्वास्थ्य कार्यालयको ढिलासुस्तीका कारण क्लिनिक सञ्चालनका लागि राजश्वबापतको रकम बुझाएर पनि आफूहरुले अनुमति पाउन नसकेको बताए । उपचार सेवा शुरु गरेको दिब्यज्योतिसँग कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेको दिब्यज्योति आई एण्ड एयर केयर सेन्टर प्रालि नामक संस्थाको प्रमाणपत्र मात्र छ । तर कम्पनी दर्ताको भरमा मात्र स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको जनस्वास्थ्य कार्यालयका प्रशासकीय अधिकृत कार्कीले बताए। रासस
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

प्रहरी दिवसमा रक्तदान कार्यक्रम, २०६ पिन्ट रगत संकलन
असोज २७, २०८३
चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण
असोज २७, २०८३
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु
असोज २७, २०८३
छापा संस्करण [ePaper]
  1. प्रहरी दिवसमा रक्तदान कार्यक्रम, २०६ पिन्ट रगत संकलन
    असोज २७, २०८३
  2. चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण
    असोज २७, २०८३
  3. हुलाक सेवालाई व्यवस्थित गर्छौं : मन्त्री तिमिल्सिना
    असोज २७, २०८३
  4. अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु
    असोज २७, २०८३
  5. भन्सार छलीका लत्ताकपडा बरामद, एक जना पक्राउ
    असोज २७, २०८३
  6. भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा
    असोज २७, २०८३
  7. रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीको अनुसन्धान
    असोज २७, २०८३
  8. सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित हुनुपर्छ: महासचिव पोखरेल
    असोज २७, २०८३
  9. प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
    असोज २७, २०८३
  10. संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’
    असोज २७, २०८३
  11. नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
    असोज २७, २०८३
  12. धरान सिटी कलेजद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित
    असोज २६, २०८३
  13. ललित–अम्बर डिपो कप फुटबल प्रतियोगिता पुसमा
    असोज २६, २०८३
  14. बीपीमा स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन सञ्चालन
    असोज २६, २०८३
  15. निर्माण कम्पनीको लापरवाहीः मध्यपहाडी राजमार्ग कालोपत्रे गर्ने काम अनिश्चित
    असोज २६, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड