तेह्रथुम/तेह्रथुमको म्याङलुङ्गमा प्रदेश नम्वर १ स्तरीय खुल्ला व्याडमिन्टर प्रतियोगिता विहिबार देखि शुरु भएको छ ।
प्रतियोगिताको म्याङलुङ्ग नगरपालिकाका मेयर संजय तुम्वाहाम्फेले पानसमा बत्तीवाली उद्धघाटन गरेका छन । प्रतियोगितामा तेह्रथुम, धनकुटा, पाँचथर, सुनसरी, मोरुङ्ग, दमकका खेलाडीले भाग लिएका छन । प्रतियोगितामा खुल्ला तर्फ २७ टिम र भेट्रान्स तर्फ १६ टिमले भाग लिएका तेह्रथुम व्याडमिन्टन संघका महासचिव महेश आचार्यले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार, दोश्रो हुने टिमले २५ हजार र तेश्रो हुने दिमले १५/१५ हजार पुरस्कार पाउने छन । यसै गरि भेट्रान्स तर्फ प्रथम हुने टिमले २० हजार, दोश्रो हुने टिमले १५ हजार र तेश्रो हुने टिमले ५/५ हजार पुरस्कार पाउने छन । उद्धाटन कार्यक्रममा म्याङलुङ्ग नगरपालिकाकी उपमेयर पार्वती सानु डाँगी, एमाले जिल्ला उपसचिव भुपतिलाल श्रेष्ठ, कोष तथा लेखा नियन्त्रक मनोज सुनुवार, खेलाडी डिल्ली नेपाल लगायतले खेल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
उद्धघाटन प्रतियोगिता तेह्रथुम व्याडमिन्टन संघका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको थियो ।