विराटनगर/विर्तामोड भेट्रान क्लव विराटनगरमा जारी पूर्वाञ्चलस्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
[caption id="attachment_55811" align="alignnone" width="970"]
बललाई अगाडी बढाउन खोज्दै बिर्तामोडका खेलाडी ।[/caption]
सिएमजी स्वास्थ्य क्लब विराटनगरको आयोजनामा भएकाे शुक्रबारकाे खेलमा विन्दवासिनी भेट्रान क्लब विराटनगरलाई २–१ ले पराजित गर्दै बिर्तामोड दोस्रो चरणमा प्रवेश गरेको हो । विर्तामोडले खेलको ८ औं मिनेटमा खाता खोल्दै अग्रता कायम ग¥यो । जसमा विर्तामोडका खेलाडी तोयाराम भुजेल भाग्यमानी सावित बने । तर, उनको अग्रतालाई ८ मिनेट लगत्तै बिन्दवासिनीले बराबरी ग¥यो । बिन्दवासिनीका दुर्गा पोखरेलको कर्नर प्रहारलाई उत्तर खवासले हेडमार्फत् गोल गरे ।
निक्कै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको १२ औं मिनेटमा विन्दवासिनीका खेलाडीले डिबक्समा लडाएपछि पाएको पेनाल्टी गोल विर्तामोडको लागि जितको अवसर बन्यो । पेनाल्टीमा विर्तामोडका मोहनकुमार गुरुङ चुकेनन् ।
विन्दावसिनीले पाएका अवसरहरु खेर फाल्दा अघिल्लो चरणमा प्रवेश गर्ने ढोका समाप्त भएको थियो । पूर्वाद्धको १२ औं मिनेटमा विन्दावसिनीका सन्जिब बुढाथोकीले पाएको वानभर्सेस वान प्रहार पोष्टमाथिबाट बाहिरियो । खेलको म्यान अफ दि म्याच विर्तामोडका तोयाराम भुजेल घोषित बन्दै नगद २ हजार रुपैया पाए ।
शनिबारको खेल चन्द्रगढी भेट्रान क्लब र हाटखोला भेट्रान क्लब विराटनगरबीच हुँने अध्यक्ष किशोर धमलाले बताए ।