धनकुटा/धनकुटामा जारी १३ औ संस्करणको शहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको शुक्रवार सम्पन्न खेलमा विर्तामोड युनाईटेड क्लव झापाले फ्रेन्स क्लव भुटानलाई ० का विरुद्ध ४ गोल गरेर फाईनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको पहिलो खेलको २५ औं मिनेटमा विर्तामोड युनाईटेडका का जर्सी नं.११ का खमिर गिल्सन कन्दङ्गवाले १ गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएको थिए । प्रेन्स क्लव भुटानका खेलाडीहरुले पहिलो हाफमा बल आफ्नो नियन्त्रणमा लिने प्रयास गरे पनि विर्तामोड युनाईटेडका खेलाडीहरुको आगडी फ्रेन्स क्लव भुटानका खेलाडीहरुको केही चलेन । यसैगरि पहिलो हाफको ३५ औं मिनेटमा विर्ता युनाईटेडका टिम क्याप्टेन जर्सी नंं.१७ का योगेश गुरुङ्गले थप एक गोल गरेर आफ्नो टिमलाई ० को विरुद्ध २ गोलले अग्रता दिलाए ।
पहिले हाफमा खेल दुवै टिमको खेलाडीहरु विच निक्कै प्रतिष्पर्धा र रोमाञ्चक भएको भए पनि दोश्रो हाफको पुरै समय विर्तामोड युनाईटेडका खेलाडीहरुले खेलमा कव्जा जमाएका कारण फ्रेन्स क्लवका खेलाडीहरुले १ गोल पनि फर्काउन सकेन्न । अन्त्त दोश्रो हाफको ११ औं मिनेटमा विर्तामोड युनाईटेडका जर्सी नं.१४ का कर्ण लिम्वुले पुनः १ गोल गरेर आफ्नो टिमलाई ० को विरुद्ध ३ गोलले अग्रता दिलाएका थिए । त्यसैगरी कर्ण लिम्वुले गोल गरेको १० मिनेट वित्न नपाउँदै विर्तामोड युनाईटेडका अर्का फर्वाड जर्सी नंं. ७ का वुद्ध चेम्जोङ्गले दोश्रो हाफको ३९ औं मिनेटमा थप १ गोल गरेर ० को विरुद्ध ४ गोलको अन्तरले विर्ता फाईनलमा पुगेको हो ।
सनिवार (आज) हुने फाईनल खेल व्वाईज युनियन काठमाण्डौं र विर्तामोड युनाईटेड क्लव विच भिडन्त हुने भएको छ । शुक्रवार सम्पन्न प्रतियोगिताको म्यान अफ दि म्याच विर्ता युनाईटेडका जर्सी नं.१७ का योगेश गुरुङ्ग घोषित भएका छन् । प्रतियोगिताको अवधीभर फ्रेन्स क्लव भुटानले आफ्नो पक्षमा वल नियन्त्रणमा लिए पनि गोलमा परिणत गर्न नसक्दा भुटान सेमिफाईनलवाटै हात धुनु पर्यो ।